७ मंसिर, २०८१ शुक्रबार

09:13:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राप्ती हाइड्रोको आईपीओ सोमबार बाँडफाँड हुने

८ साउन, २०७९

राप्ती हाइड्रोको आईपीओ सोमबार बाँडफाँड हुने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि (साउन ९ गते सोमबार) बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ सोमबार क्यापिटलको कार्यलय नक्सालमा बिहान ९ बजे बाँडफाँड हुने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँड हुनेछ । त्यस अनुसार २ लाख १७ हजार ६९४ जनाले मात्रै सेयर पाउनेछन् ।