७ मंसिर, २०८१ शुक्रबार

11:06:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा १३ लाख ६६ हजार कित्ता बोनस सेयर सूचिकृत

८ साउन, २०७९

नेप्सेमा १३ लाख ६६ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको ११ प्रतिशत बोनस बापतको १३ लाख ६६ हजार ५ सय ७२ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।