७ मंसिर, २०८१ शुक्रबार
09:05:43 PM
८ साउन, २०७९
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
आइतबार ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उहाँले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको हो ।
यस्तै उहाँले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ठेचोबासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नुपर्नेमा बताउर्दै उहाँले यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको रहेको बताउनुभयो ।
उहाँका अनुसार ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको सो पार्कमा शारीरिक व्यायमका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ । उहाँले पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिनेगरी सिसिटिभी र बिजुलीबत्तीको उपयुक्त व्यवस्था गरिने पनि बताउनुभयो ।
कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताउनुभयो ।