७ मंसिर, २०८१ शुक्रबार

10:27:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह

८ साउन, २०७९

 नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई सूचित आग्रह गरेको छ । कम्पनीले आज (आइतबार) एक सूचना प्रकाशित गर्दै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन र युजर आईडी लिन लिन सूचित गरेको हो।

नेप्सेको पुरानो वेबसाइट मर्मत कार्य गर्नुपर्ने भएको र नयाँ वेबसाइट सञ्चालनमा आइसकेको हुनाले सो साइटमा नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु (Corporate Actions & Reports Documents Upload) गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको "NOTS" को Login ID User ID लिनको लागि कम्पनीको Internet को Public IP Address र आधिकारिक Email Address उल्लेख गरेको कम्पनीको पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० (दश) दिन भित्र सम्पर्क गर्न आग्रह गरिएकाे छ ।