७ मंसिर, २०८१ शुक्रबार
11:20:30 AM
८ साउन, २०७९
काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजार उच्च अंकको बढेको छ । गत शुक्रबार आएको मौद्रिक नीतिमा सेयर कर्जामा लागेको ४।१२ को सीमामा ४ खारेज हुँदा लगानीकर्ताहरु उत्साहित भएका छन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५ अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको छ ।
यस दिन २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा हरियाली छाउदा आइतबार शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ३९ करोड ७१ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड ८२ लाख ९३ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ६ करोड २१ लाख ८१ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ६ करोड २१ लाख ८१ हजार रुपैयाँ र अरुण काबेली पावरको ६ करोड १४ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।