७ मंसिर, २०८१ शुक्रबार

11:13:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौद्रिक नीतिपछि सेयर बजारमा उछाल, ६१.०५ अंकले बढ्दा ३ कम्पनीमा सर्किट ब्रेक

Nepal Business

८ साउन, २०७९

मौद्रिक नीतिपछि सेयर बजारमा उछाल, ६१.०५ अंकले बढ्दा ३ कम्पनीमा सर्किट ब्रेक

काठमाण्डौं । मौद्रिक नीतिपछि सेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार ६१.०५ प्रतिशतले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा ६१.०५ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ७८.५१ विन्दुमा पुगेर बन्द भएको छ । 

आज सेयर कारोबारमा पनि सुधार आएको छ । आइतबार सेयर बजार बढ्दा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँको कारोबार भएको छ भने ६४ लाख २३ हजार १४६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसमुहमा हरियाली छाएको छ । कम्पनीहरुमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीप्रपज फाइनान्समा सकरात्मक सर्किट ब्रेक लागेको छ ।