७ मंसिर, २०८१ शुक्रबार
08:48:15 PM
८ साउन, २०७९
काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको प्रथम वार्षिक साधारण सभा साउन ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, खिचापोखरी २२, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै सभाले कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निश्काशनको लागि आवश्यक प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य नयाँ आयोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव सभामा पारित गरिनेछ ।
त्यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७।०७८ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण उपर छलफल गरी पारित गर्नेलगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।