७ मंसिर, २०८१ शुक्रबार
09:03:25 PM
८ साउन, २०७९
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १४ औ बार्षिक साधारणसभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले लाभांश घोषणा गरेको छैन । यस बर्ष लगानीकर्ताको हात खालि हुनेछ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन्।