२० बैशाख, २०८१ बिहिबार

11:51:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रिन्स दहाललाई प्रधानमन्त्रीको बधाई

२९ पुस, २०७८

प्रिन्स दहाललाई प्रधानमन्त्रीको बधाई

काठमाण्डौं
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दहाललाई  बधाई दिनुभएको छ । विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा पुग्नुभएका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्रीले बधाई दिनुभएको हो ।

‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरीयतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ ।

‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरीयतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ । विश्व ब्याडमिन्टन महासंघ (विडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिनुभएको हो। यसअघि प्रिन्स तेस्रो स्थानमा हुनुहुन्थ्यो । कोरोना महामारीका कारण सन् २०२१ मा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा विडब्लुएफले एक वर्षपछि वरीयता परिवर्तन गरेको हो ।

प्रिन्स पहिलो पटक शीर्ष वरीयतामा पुग्नुभएको हो । यसअघि उहाँ ११ औँ, सातौँ हुँदै तेस्रोमा आउनुभएको थियो । प्रिन्स जुनियर वरियताको डबल्सतर्फ भने नवौँ स्थानमा हुनुहुन्छ । नयाँ वरियतामा प्रिन्सको १० हजार ४ सय अंक छ । दोस्रो स्थानमा रहनुभएका मलेसियाका जस्टिन होको ९ हजार ५ सय ९० र तेस्रो स्थानमा रहनुभएका मलेसियाकै मोहम्मद रजिफको ६ हजार ९ सय २५ अंक रहेको छ ।