२१ बैशाख, २०८१ शुक्रबार

08:11:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अवैध युरिया मल, सुर्ती र कपडा बरामद

Nepal Business

७ साउन, २०७९

फोर्स गाडीमा जाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

अवैध युरिया मल, सुर्ती र कपडा बरामद

सुर्खेत,
रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ । 

बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै पनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेशनाका भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै पनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

त्यस्तै भेरीगङ्गा–१२ सुर्खेत सल्लिचोकस्थित इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिइगएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कप्र०२०१ख ०५८७ नंको फोर्स गाडीमा जाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा३ख ४०९३ नंकोे फोर्स गाडी जाँच गर्दा उक्त गाडीमा बेवारिसे अवस्थामा रहेका तीनवटा जेब्रा झोलामा जम्मा ६३ पिस लेडिज कुर्ता सुरुवालको काँचो कपडा फेला पारी बरामद गरिएको छ ।