१८ बैशाख, २०८१ मंगलबार

03:37:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, ५४.१२ अंकले बढ्यो

२९ पुस, २०७८

सेयर बजारमा हरियाली, ५४.१२ अंकले बढ्यो

काठमाण्डौं

यस साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । बुधबार दोहोरो अंकले घटेको सेयर बजार आज दोहोरो अंकले नै बढेको छ । 
५४.१२ अंकले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ८ सय ५७.७५ विन्दुमा रोकिएको  छ । १.९३ प्रतिशतले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ८ सय ५७.७५ विन्दुमा रोकिएको हो ।

सेयर कारोबार रकम भने घटेको छ । १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड  ९७ लाख ४८ हजार ५ सय ६८ रुपैयाँमा कारोबार भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको थियो ।

यस्तै उपसमुहतर्फ अन्य उपसमुह बाहेक बाँकी सबै उपसमुह बढेका छन् । अन्य उपसुमह ०.१६ प्रतिशतले घटेको छ । कम्पनीतर्फ मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ९.९८ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ९.४४ प्रतिशत र कर्णाली विकास बैंक लिमिटेड ९.३५ प्रतिशतले बढेका छन् ।