२५ बैशाख, २०८१ मंगलबार

08:43:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहज ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन स्वास्थ्य समितिद्धारा सरकारलाई निर्देशन

Nepal Business

६ साउन, २०७९

सहज ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन स्वास्थ्य समितिद्धारा सरकारलाई निर्देशन

काठमाण्डौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका बिषयमा धेरै समस्या देखिएमो भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जादा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरु पनि दिर्घकालिन रुपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो ।

बैठकले सरकारी भन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानूनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ । 

त्यस्तै बैठकले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा अक्सिजिनेरेटरको अभाव भएका कारण शल्यक्रिया गर्न नै कठिन भएको गुनासो आएको भन्दै छिटोभन्दा छिटो आवश्यक मेशिनको व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति घर्तिले जानकारी दिनुभयो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले चालू बजेटमा सरकारी र सामूदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्यबीमा लागू हुने उल्लेख भएकाले केहि समस्या देखिएको बताउनुभयो । 

बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको उहाले बताउनुभयो । त्यस्तै उहाँले अहिले मुलुकका कोरोना खोप अभाव नभएको भन्दै स्थानीय तहले पनि खोप अभियान सञ्चालन गर्न सक्रियता देखाउनुपर्ने बताउनुभयो । बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बीमालाई थप प्रभावकारी र सहज बनाउन राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।