७ मंसिर, २०८१ शुक्रबार
08:25:34 PM
६ साउन, २०७९
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओमा हालसम्म १ अर्ब २५ करोड ८२ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो १ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख ९२ हजार ९७८ जना आवेदकले १ करोड २५ लाख ८२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरुका लागि माग गरिएको भन्दा करिब ५.१६ गुणा बढी हो ।
कम्पनीले साउन ४ गतेबाट सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रुपैयाँको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
सामुहिक लगानी कोषका लागि १ लाख १९ हजार ४७५ कित्ता छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा खरिदका लागि सर्वसाधारणले साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।