७ मंसिर, २०८१ शुक्रबार

11:48:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौद्रिक नीति सार्वजनिक हुने दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि बढेन

Nepal Business

६ साउन, २०७९

सेयर बजार घट्दा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँको कारोबार

मौद्रिक नीति सार्वजनिक हुने दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि बढेन

काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक हुने दिन नै सेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीति आज शुक्रबार साझ ४ बजे सार्वजनिक हुँदैछ । तर त्यसको असर सेयर बजारमा नकरात्मक रुपले परेको छ ।

चालु आर्थिक वर्ष सुरु भएदेखि लगातार बढेको सेयर बजार बिहीबार र शुक्रबार भने घटेको छ । बिहीबार झिनो अंकले ओरालो लागेको सेयर बजार आज शुक्रबार भने दोहोरो अंकले घटेको छ ।लगानीकर्ताका अनुसार सेयर बजारमा लगाएको ४÷१२ नीति नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत नहटाउने भएपछि सेयर बजार घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सेयर बजार २७.२६ अकंले घटेर २ हजार १७.४६ विन्दुमा झरेर बन्द भएको छ । सेयर बजार घट्दा १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँको कारोबार भएको छ भने ३३ लाख २० हजार ५१२ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै सबै उपसमुहरु घटेका छन् भने कम्पनीहरुमा किसान लघुवित्त वित्तीय संस्था ८.४१ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था ६.०७ प्रतिशत र नयाँ सारथी लघुवित्त वित्तीय संस्था ४.०१ प्रतिशतले बढेका छन् ।