७ मंसिर, २०८१ शुक्रबार
11:52:05 AM
६ साउन, २०७९
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजार घटेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको छ ।
यस दिन २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड रुपैयाँ माथिको कारोबार भएको छ । नेप्सेमा गिरावट आउदाँ शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर २१ करोड २ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालय डिस्टिलरीको ६ करोड ८० लाख, गोर्खाज फाइनान्सको ४ करोड ९५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख र अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।