१५ बैशाख, २०८१ शनिबार

11:41:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

द्रौपदी भारतको १५औं राष्ट्रपतिमा विजयी, प्रधानमन्त्री देउवाद्धारा बधाई सन्देश

Nepal Business

५ साउन, २०७९

उहाँले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्नुभएको हो ।

द्रौपदी भारतको १५औं राष्ट्रपतिमा विजयी, प्रधानमन्त्री देउवाद्धारा बधाई सन्देश

काठमाडौँ,
मित्रराष्ट्र भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति बन्नुभएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ सकिएको मतगणनामा सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी हुनुभएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ सकिएको मतगणनामा सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी हुनुभएको हो ।

उहाँले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्नुभएको हो । 

मुर्मु  राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उहाँलाई बधाई दिनुभएको छ ।

देउवाले सामाजिक सञ्जाल ट्विटरमा भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट बधाई दिँदै आगामी दिनमा नेपाल भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम विश्वस्त रहेको उल्लेख गर्नुभएको छ । 

सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला र प्रतिभा पाटिलपछि राष्ट्रपति हुने दोस्रो महिला हुनुहुन्छ । 

मुर्मुको जन्म उडिसाको मयुरभन्ज जिल्लामा सन् १९५८ मा भएको हो। सामान्य परिवारमा जन्मिएकी मुर्मुले कलेजसम्मको अध्ययन पूरा गर्न निकै संघर्ष पार गर्नुपरेको थियो।

भुवनेश्वरको रमादेवी वुमन्स कलेजबाट स्नातक गरेपछि मुर्मुले उडिसा सरकारको सिँचाइ तथा ऊर्जा विभागमा जुनियर असिस्टेन्टका रूपमा काम गर्नुभएको थियो । सन् १९९७ मा उहाँ भारतीय जनता पार्टीको तर्फबाट नगरपञ्चायतमा निर्वाचित हुनुभएको थियो ।