२१ चैत, २०८१ बिहिबार
04:26:25 AM
२० भदौ, २०७९
काठमाण्डौं । नेपाल भ्रमणमा आउनु भएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्नुभएको छ ।
सोमबार जंगीअड्डामा पाण्डेले २२ करोड ३८ लाख बराबरको सामाग्रीसहित ४ वटा घोडा नेपाली सेनालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो ।
यस्तै पाण्डले सैनिक मुख्यालय पुगेर वृक्षारोपण पनि गर्नुभएको हो । त्यहाँ उहाँले गार्डअफ अनरसँगै ब्रिफिङ पनि गर्नुभयो ।