२३ बैशाख, २०८१ आइतबार

12:57:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेनालाई पच्चीस सय रोपनी जग्गा दिने निर्णय

Nepal Business

५ साउन, २०७९

पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो ।

सेनालाई पच्चीस सय रोपनी जग्गा दिने निर्णय

पनौती,

पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ ।

 नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायीक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो ।  

नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायीक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो । 

नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५०० रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो । 

नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ ।

 यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ ।