७ मंसिर, २०८१ शुक्रबार

11:30:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब मेरो सेयर आईओएसबाट प्रयोग गर्न मिल्ने

Nepal Business

५ साउन, २०७९

अब मेरो सेयर आईओएसबाट प्रयोग गर्न मिल्ने

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईओएसबाट प्रयोग गर्न मिल्ने ‘मेरो सेयर’ एप ल्याउने भएको छ ।कम्पनीले सेयर कारोबार सहज बनाउन आईओएसबाट पनि प्रयोग गर्न मिल्ने ‘मेरो सेयर’ एप ल्याउने भएको हो । 

सिडिएससीले २०७७ असोज पहिलो साता मेरो सेयरको एप ल्याएको हो । उक्त एप अहिले एन्ड्रोइडमा मात्रै प्रयोग हुने गरेको थियो । अब भने आईओएसमा पनि उपलब्ध हुने भएको छ । हालसम्म ‘गुगल प्ले स्टोर’ मा अपलोड रहेको एप बढीमा एक साता भित्र आईओएसमा पनि अपलोड हुने भएको छ ।

सिडिएससीका अनुसार आईओएस मोबाइल फोन प्रयोगकर्ताले आगामी सातादेखि मेरो सेयर मोबाइल एप प्रयोग गर्न पाउने भएका छन् । अहिले त्यसको निर्माणकार्य अन्तिम चरणमा रहेको बताइएको छ । आईओएसमा मिल्ने खालको एप एफ वान सफ्ट कम्पनीले नै निर्माण गरिरहेको छ ।

यो एप निर्माण भएपपछि आईओएस भर्सनका फोन बोक्नेहरुले पनि मोबाइलबाट नै मेरो सेयर प्रयोग गर्न सक्नेछन् । सिडिएससीका अनुसार अहिलेसम्म ४३ लाख ६८ हजार ६३९ जना मेरो सेयर प्रयोगकर्ता रहेका छन् । डिम्याट खाता खोल्ने सेयर लगानीकर्ताको संख्या ५२ लाख ६० हजार २५१ जना पुगेका छन् ।