७ मंसिर, २०८१ शुक्रबार

11:34:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झिनो अंकले घटेको सेयर बजारमा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

५ साउन, २०७९

झिनो अंकले घटेको सेयर बजारमा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष सुरुभएसँगै बढ्दै उहिरहेको सेयर बजार घटेको छ । बिहिबार सेयर बजारमा झिनो अंकले घटेको हो । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर हो ।

बिहीबार २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँबढीको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा  यस दिन शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको बिहीबार १७ करोड ८० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, यस दिन एनआइसी एशिया बैंकको ११ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।