७ मंसिर, २०८१ शुक्रबार
12:31:52 PM
५ साउन, २०७९
काठमाण्डौं । चालु आर्थिक वर्ष सुरु भएदेखि लगातार बढेको सेयर बजार बिहीबार घटेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५.८७ अंकले घटेको छ ।
नेप्सेका अनुसार सेयर बजार झिनो अंकले घट्दा नेप्से परिसूचक २ हजार ४४.७२ मा बन्द भएको छ ।
आज सेयर बजार घट्दा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ भने ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै उपसमुहतर्फ बैंकिङ ०.१७ प्रतिशत र अन्य १.०९ प्रतिशतले बढेका छन् भने बाँकी सबै घटेका छन् ।
कम्पनीहरुमा सेन्ट्रल फाइनान्स कम्पनी ३.१६ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था २.७४ प्रतिशत र १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिभेञ्चर २.७२ प्रतिशतले बढेका छन् ।