७ मंसिर, २०८१ शुक्रबार
11:44:41 AM
५ साउन, २०७९
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पूँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेस गरेको हो।
विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धरासायी बन्दै गएको एवं लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गरिएको हो ।
धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरी अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेबमोजिम विभिन्न कोषहरु सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।
धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लावान्धितबाट लिईने व्यवस्था गरि धितोपत्र औजारको विभिधिकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि पूँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गर्दै चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीन बुँदे सुझाव दिएको छ ।
चेम्बरले धितोपत्र बोर्डलाई छुुट्टै १० बुँदे सुझाव समेत पेश गरेको छ । अन्तराष्ट्रिय प्रचलन बमोजिम धितोपत्र बजारसँग सम्वन्धित सम्पुर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ ।
यस्तो छ अर्थ मन्त्रालय, राष्ट्र बैंक र सेबोनलाई चेम्बरले दिएको सुझाव