७ मंसिर, २०८१ शुक्रबार

12:37:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ॠणपत्र निष्कासन गर्न २ बैंकले बोर्डमा दिए निवेदन, कुनको कति ?

५ साउन, २०७९

ॠणपत्र निष्कासन गर्न २ बैंकले बोर्डमा दिए निवेदन, कुनको कति ?

काठमाडौं । थप २ वटा कम्पनीले ॠणपत्र निष्कासन गर्ने भएका छन् । लुम्बिनी विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्न लागेका हुन् । दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् ।

कुमारी बैंक लिमिटेडले “केबीएल डिबेञ्चर २०८९” को नामक वार्षिक ११ प्रतिशत व्याजदर भएको १० वर्ष अवधिको लागि प्रतिकित्ता १००० मूल्य अंकित दरको ३० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न असार ३१ गते बोर्डमा निवेदन दिएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । कुमारी बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘एलएलबी डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्नेछ। यो ऋणपत्रको कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।