२५ बैशाख, २०८१ मंगलबार

06:54:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिभिल बैंकले ल्यायो, ‘दोब्बर प्लस र तेब्बर प्लस’ योजना

Nepal Business

५ साउन, २०७९

सिभिल बैंकले ल्यायो, ‘दोब्बर प्लस र तेब्बर प्लस’ योजना

काठमाण्डौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ‘दोब्बर प्लस र तेब्बर प्लस’ ल्याएको छ । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यति मात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक ‘ दशलाख सम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र ‘१० लाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स संगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानीर १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ । बैंकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएममार्पmत सेवा प्रदान गरिरहेकोे छ। साथै बैंकले गत आषाढ मसान्तसम्मरु. ९६ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।