२५ बैशाख, २०८१ मंगलबार

06:32:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रवीण रमण पराजुली नियुक्त

Nepal Business

५ साउन, २०७९

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली नियुक्त हुनुभएको छ । 

कम्पनीको साउन ४ गते, बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार हिजो बुधबार ४ गतेबाट उहाँलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरिएको हो । 

साउन ३ गते बीमा समितिले पत्र पठाएपछि उहाँलाई कम्पनीले सिईओमा नियुक्त गरेको एक सूचनामार्फत जानकारी दिएको छ । उहाँ ४ वर्षको करारमा नियुक्त हुनुभएको कम्पनीले जनाएको छ ।