७ मंसिर, २०८१ शुक्रबार
12:42:22 PM
५ साउन, २०७९
काठमाडौं । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले विभिन्न ऋणपत्रहरुको ब्याज भुक्तानी गरेको छ । क्यापिटलले १० कम्पनीहरुको असार मसान्तसम्मको अर्धबार्षिक ब्याज सेयरधनीको खातामा दाखिला गरिसकेको जनाएको छ ।
१०.५ प्रतिशत एनआईबी नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर-२०८२, ८.५ प्रतिशत एडिबिएल कृषि बैक ऋणपत्र-२०८३, १२ प्रतिशत गुडविल डिबेन्चर-२०८३, ८.७५ प्रतिशत गरिमा डिबेन्चर-२०८५, ९ प्रतिशत ज्योति विकास बैंक बोन्ड-२०८७, ९ प्रतिशत केएसबिबिएल डिबेन्चर-२०८७, ९.५ प्रतिशत मन्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर-२०८५, ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर-२०८७ नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड-२०८४ र १०.३५ प्रतिशत ब्याज भुक्तानी गरिएको हो ।
क्यापिटलले असार मसान्तसम्म कायम लगानीकर्ताहरुको खातामा ब्याज रकम जम्मा गरिएको जनाएको छ । हालसम्म पनि आफ्नो बैंक खातामा ब्याज रकम प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आइपिएस सदस्यता प्राप्त कुनै पनि बैंकमा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराई एनआइबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी आफ्नो डिबेञ्चरको ब्याज वापतको रकम प्राप्त गर्न सक्नेछन् ।