७ मंसिर, २०८१ शुक्रबार

12:07:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूचिकृत भएको तेस्रो दिन पनि स्पेशल प्रि ओपन सेसनमा किन भएन आदर्श लघुवित्तको कारोबार ?

५ साउन, २०७९

सूचिकृत भएको तेस्रो दिन पनि स्पेशल प्रि ओपन सेसनमा किन भएन आदर्श लघुवित्तको कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज (साउन ५ गते, बिहीबार) पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार हुन सकेन। स्पेशल प्रि ओपन सेसन कारोबार म्याचिङ्ग नभएका कारण कारोबार हुन नसकेको हो ।

आज (बिहीबार) कम्पनीको सेयर कारोबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ । अब भोलि (शुक्रबार) को स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात मात्र लघुवित्तको सेयर नियमित बजारमा कारोबार हुनेछ।

साउन २ गते, सोमबार कम्पनीको २ लाख ७ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीको सेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ।