२६ बैशाख, २०८१ बुधबार

02:51:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना बीमाको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न अझै बाँकी, सरकार मौन

Nepal Business

४ साउन, २०७९

कोरोना बीमाको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न अझै बाँकी, सरकार मौन

काठमाण्डौं । कोरोना बीमा बापतको भुक्तानी अझै बाँकी छ । सरकारले कोरोना बीमा बापतको भुक्तानी गर्ने आश्वासन मात्रै दिदैँ आएको छ । 

हालै महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरिएको छ । 

कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले भुक्तानी गर्न बाँकी दाबी ११ अर्ब ८२ करोड २१ लाख रहेको छ । 

कोरोना बीमा दाबी समयमै भुक्तानी गराउनुपर्ने कार्यालयले जनाएको छ ।