७ मंसिर, २०८१ शुक्रबार

11:45:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइपीओ निष्कासनका लागि दुई कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति

Nepal Business

४ साउन, २०७९

आइपीओ निष्कासनका लागि दुई कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो भने यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 

यस्तै, अपर स्याङ्गे हाईड्रोपावरले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । अपरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।