१० मंसिर, २०८१ सोमबार

01:53:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

Nepal Business

४ साउन, २०७९

दुई कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्न २ वटा कम्पनीले निवेदन दिएका छन् । सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । 

सर्वोत्तम सिमेन्टले प्रथम चरणमा २४ करोड रूपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्न असार २८ गते सेबोनमा निवेदन दिएको हो । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा सर्वसाधारणमा निष्कासन गरिने सेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै रिलायन्स स्पिनिङ मिल्स लिमिटेड पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रथम चरणमा ७ करोड ७० लाख ६४ हजार रूपैयाँ बराबरको ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ निष्कासन गर्न असार ३१ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम पनि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले नै गर्नेछ ।