१० मंसिर, २०८१ सोमबार
12:46:57 PM
४ साउन, २०७९
आज १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयााको कारोबार
काठमाण्डौं । लगातार सेयर बजार उकालो लाग्ने क्रम जारी छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै सेयर बजार उकालो लागिरहेको छ ।
उकालो लाग्ने क्रममा बुधबार सेयर बजार ४.८९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ४.८९ अंकले बढ्ुदा नेप्से परिसूचक २ हजार ५०.५९ विन्दुमा पुगेर बन्द भएको छ।
सेयर बजार बढ्दा कारोबार भने घटेको छ । मंगलबार कारोबारमा केहि सुधारदेखिए पनि आज भने घघटेको छ । आज १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयााको कारोबार भएको छ भने ४१ लख ३३ हजार ७०९ कित्ता सेयर किनबेच भएका छन् ।
सेयर बजार बढ्दा बैंकिङ, टे«डिङ, होटल एण्ड टुरिजम, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स घटेका छन् भने बाँकी बढेका छन् । कम्पनीतर्फ मल्टिप्रपोज फाइनान्स कम्पनी ५.६९ प्रतिशत, कर्णाली विकास बैंक ४.३५ प्रतिशत, शिवम् सिमेन्ट ३.८७ प्रतिशतले बढेका छन् ।