७ मंसिर, २०८१ शुक्रबार

11:38:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्वेत गंगा हाइड्रोपावर कम्पनीको आइपीओ निष्कासन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Nepal Business

४ साउन, २०७९

श्वेत गंगा हाइड्रोपावर कम्पनीको आइपीओ निष्कासन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीले साधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

सामुहिक लगानी कोषका लागि १ लाख १९ हजार ४७५ कित्ता छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा खरिदका लागि सर्वसाधारणले साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।