७ मंसिर, २०८१ शुक्रबार

11:42:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करको दर बढाउँदा पनि बढेन पुँजीगत लाभकर, ३० प्रतिशतले घट्यो

Nepal Business

४ साउन, २०७९

करको दर बढाउँदा पनि बढेन पुँजीगत लाभकर, ३० प्रतिशतले घट्यो

काठमाण्डौं । सरकारले करको दर बढाउँदा पनि पुँजीगत लाभकर बढ्न सकेको छैन । सरकारले बढी कर उठाउने भन्दै करका दर बढाउँदा पनि पुँजीगत लाभकर ३० प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सरकारले पुँजी बजारबाट पाउने पुँजीगत लाभकर ४ अर्ब ४ करोड रुपैयाँ (३० प्रतिशत)ले घटेको छ । गत आर्थिक वर्षमा राज्यले पुँजी बजारबाट १० अर्ब ३५ करोड रुपैयाँमा मात्रै पुँजिगत लाभकर पाएको छ ।

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत करका दरमा पनि हेरफेर गरेको थियो । गत आवको बजेटमा एक वर्षभित्र सेयर बिक्री गर्दा पुँजीगत लाभकर ७.५ प्रतिशत र एक वर्ष भन्दापछि सेयर बिक्री गर्दा लाभकर ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको थियो । तर पनि कर संकलनमा सुधार देखिएन । 

गत आर्थिक वर्षमा सेयर बजार ८७३.९२ अंकले बजार घटेको छ । बजार घट्दा लगानीकर्ताको सम्पती मात्रै घटेको छैन, राज्यले पाउने कर समेत घटेको हो । गत भदौ २ गते सेयर बजारले इतिहास रचेको थियो । उक्त दिन बजार ३१९८.६ बिन्दुमा रोकिएको थियो ।

यो वर्ष कारोबार रकम पनि २० अर्बको हाराहारीमा पनि भएको थियो । तर, गत वर्ष राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको ४,१२ करोडको नीतिका कारण पनि बजार ओरालो लागि रहेको लगानीकर्ताहरु बताउदै आएका छन् ।