७ मंसिर, २०८१ शुक्रबार

12:08:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ ल्याउदैँ

Nepal Business

४ साउन, २०७९

भर्ने होइन त ? सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ ल्याउदैँ

काठमाण्डौं । सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीका अनुसार यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ । यस आइपीओका लागि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कत्तासम्म आवेदन दिन सक्नेछन् । 

आइपीओ खरिदका लागि छिटोमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

यसका साथै मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।