१० मंसिर, २०८१ सोमबार

02:44:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्री इन्भेष्टमेन्ट फाइनान्सका संस्थापक सेयरधनी जोशीको २० हजार कित्ता सेयर बिक्रीमा

Nepal Business

४ साउन, २०७९

श्री इन्भेष्टमेन्ट फाइनान्सका संस्थापक सेयरधनी जोशीको २० हजार कित्ता सेयर बिक्रीमा

काठमाण्डौं । श्री इन्भेष्टमेन्ट फाइनान्सका संस्थापक सेयरधनी वसन्त प्रसाद जोशीले आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता सेयर बिक्री खुला गर्नुभएको छ । यसमा, श्री इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । 

 सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।