१० मंसिर, २०८१ सोमबार

02:00:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि–ओपनिङमा सेयर बजार ०.३७ अंकले बढ्दा कारोबार ६ करोड ७६ लाखभन्दा बढि

Nepal Business

४ साउन, २०७९

प्रि–ओपनिङमा सेयर बजार ०.३७ अंकले बढ्दा कारोबार ६ करोड ७६ लाखभन्दा बढि

काठमाण्डौं । चालु आर्थिक वर्षको सुरुवातमा सेयर बजार सकरात्मक देखिएको छ । सेयर बजार प्रि–ओपनिङमा बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार प्रि–ओपनिङमा सेयर बजार ०.३७ अंकले बढेर नेप्से परिसूचक २ हजार ४६.०७ विन्दुमा छ । 

प्रि–ओपनिङमा सेयर बजार बढ्दा ६ करोड ७६ लाख ७ हजार ८९८ रुपैयाँको कारोबार भएको छ भने १ लाख ४० हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहरुमा हाइड्रापावर, फाइनान्स, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट घटेका छन् भने बाँकी बढेका छन् ।

कम्पनीहरुमा कर्पोरेट विकास बैंक ५.७१ प््रतिशत, किसान लघसवित्त वित्तीय संस्था ४.०३ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.५९ प्रतिशतले बढेका छन् ।