२५ बैशाख, २०८१ मंगलबार

11:01:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जरमा जाँदा बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने

Nepal Business

४ साउन, २०७९

मर्जरमा जाँदा बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने

काठमाण्डौं । बीमा समितिले पुँजी वृद्धिका लागि मर्जरमा जाने नयाँ नियम ल्याएपछि बीमा कम्पनीहरुको संख्या झण्डै आधा घट्ने देखिन्छ । बीमा समितिका अनुसार पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा जाँदा करिब ५० प्रतिशतले संख्या घट्ने देखिएको हो । 

समितिको नयाँ निर्देशन पश्चात एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स मर्ज भएर पनि कारोबार सुरु गरिसकेका छन् । बीमा क्षेत्रकै यो पहिलो मर्जर हो । बीमा समितिले तोकेको न्युनतम दुई अर्ब ५० करोड पुँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ ।

कम्पनीले प्रिमियमका साथै आम्दानीबाट २६ करोड रुपियाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्तापुँजी दुई अर्ब ५० करोड रुपियाँ कायम गर्ने भएको छ । अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् ।