२६ बैशाख, २०८१ बुधबार

04:01:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठ वर्ष प्राइम लाइफ इन्स्योरेन्सलाई दिनुभएका भट्टराईले लिए अवकाश, निमित्त सीईओमा निर्मल दाहाल नियुक्त

Nepal Business

३ साउन, २०७९

आठ वर्ष प्राइम लाइफ इन्स्योरेन्सलाई दिनुभएका भट्टराईले  लिए अवकाश, निमित्त सीईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनबाट मनोजकुमार भट्टराईले अवकाश लिनुभएको छ । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्वबाट अवकाश लिनु परेको हो । 

उहाँले कम्पनीको व्यवस्थापनलाई आफ्नो आठ वर्ष दिनुभयो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा हुनुभएको छ । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा हुनुभएको हो । 

उहाँहरुको बिदाईसँगै प्राइम लाइफको निमित्त सीईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ ।