७ मंसिर, २०८१ शुक्रबार

11:44:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको तेस्रो दिन सेयर बजार १६.२० अंकले बढ्यो, कारोबार कति ?

Nepal Business

३ साउन, २०७९

चालु आर्थिक वर्षको तेस्रो दिन सेयर बजार १६.२० अंकले बढ्यो, कारोबार कति ?

काठमाण्डौं । चालु आर्थिक वर्ष सुरु भएदेखि नै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार चालु आर्थिक वर्षको तेस्रो दिन पनि सेयर बजार बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १६.२० अंकले बढेर नेप्से परिसूचक २ हजार ४५.६३ विन्दुमा पुगेर बन्द भएको छ । 

आज कारोबार पनि बढेको छ । अघिल्ला दुई दिनमा सेयर बजार बढे पनि कारोबार भने बढेको थिएन । आज सेयर बजार बढ्दा २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको छ भने ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहहरुमा सबै बढेका छन् । सबैभन्दा धेरै फाइनान्स २.७ प्रतिशतले बढेको छ । कम्पनीहरुमा इमर्जी नेपाल ८.०१ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था ६.९४ प्रतिशत र ग्रिन भेञ्चर ५.५४ प्रतिशतले बढेका छन् ।