१० मंसिर, २०८१ सोमबार

12:53:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अकंले बढेको सेयर बजारमा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

३ साउन, २०७९

दोहोरो अकंले बढेको सेयर बजारमा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अकंले बढेर २०४५.६३ बिन्दुमा बन्द भएको छ ।

मंगलबार २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन १५ करोड ९७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, यस दिन एभरेष्ट बैंकको १० करोड ५ लाख २६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ८ करोड ४८ लाख ३६ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ६ करोड ८८ लाख रुपैयाँ र अरुण काबेली पावरको ५ करोड ९४ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।