७ मंसिर, २०८१ शुक्रबार

08:51:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माई खोला हाइड्रोपावरले बोलायो साधारण सभा, आईपीओ जारीसहित यी छन् मुख्य एजेण्डा

३ साउन, २०७९

माई खोला हाइड्रोपावरले बोलायो साधारण सभा, आईपीओ जारीसहित यी छन् मुख्य एजेण्डा

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभा साउन २५ गते कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौँमा बिहान बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन गर्नुका साथै सञ्चालक समितिबाट भएका निर्णयअनुसार पारित हुनेछ। गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृति गर्नेछ।

यसका साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८र०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९र०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।