७ मंसिर, २०८१ शुक्रबार
08:27:18 PM
३ साउन, २०७९
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दास्रो वार्षिक साधारण सभा साउन २५ गते कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौँमा बिहान ९ः३० बजेबाट सुरू हुनेछ ।
सभामा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८र०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।