२५ बैशाख, २०८१ मंगलबार

10:49:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति बोनस ?

३ साउन, २०७९

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति बोनस ?

काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट साउन १ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७।७८ को बोनस दर सार्वजनिक गरेको हो । उक्त नयाँ बोनसदरअनुसार बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

इन्स्योरेन्सले विभिन्न ५ बीमालेखमा छुट्टाछुट्टै अवधिका लागि बोनसदर निर्धारण गरेको छ । जसमा सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेको छ ।

त्यसैगरी, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीको नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।