७ मंसिर, २०८१ शुक्रबार

12:09:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किन भएन स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्तको सेयर कारोबार ?

३ साउन, २०७९

किन भएन स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्तको सेयर कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज (साउन ३ गते, मंगलबार) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि लघुवित्त कम्पनीको कारोबार नभएको हो । अब भोलि (बुधबार) को स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात मात्र लघुवित्तको सेयर नियमित बजारमा कारोबार हुनेछ।

हिजो (सोमबार) कम्पनीको २ लाख ७ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यो लघुवित्तलाई नेप्सेले ‘एडीएलबी’ कारोबार संकेत प्रदान गरेको छ।