४ बैशाख, २०८२ बिहिबार

12:42:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

३ साउन, २०७९

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको हो । उक्त आईपीओ बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि बिक्री गरिएको थियो ।

उक्त आईपीओ हिजो (सोमबार) निष्कासन तथा बिक्री प्रबन्धक बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको थियो । 

क्यापिटलका अनुसार आईपिओमा रितपूर्वक आवेदन दिने आवेदकलाई १ लाख ७८ हजार ९ सय ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता सेयर निष्काशन गरेकोमा १ लाख ७८ हजार ९ सय ४० कित्ता मात्रको लागि आवेदन परेको हो ।

उक्त आईपीओको नतिजा एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.comहेर्न सकिनेछ ।