१३ बैशाख, २०८१ बिहिबार

11:43:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रशिक्षण प्रतिष्ठान ऐन संशोधनसम्बन्धी विधेयकमाथि छलफल

Nepal Business

२ साउन, २०७९

उहाँहरुले ऐन बनेको एक वर्षभित्र यसलाई संशोधन गर्नुपर्ने अवस्था आउनुमा विधेयकको मस्यौदा बनाउँदा नै कमीकमजोरी देखिएको बताउनुभयो । छलफलमा लालबहादुर खड्का, भरतबहादुर खड्का र अक्कलबहादुर रावलले भाग लिनुभएको थियो ।

प्रशिक्षण प्रतिष्ठान ऐन संशोधनसम्बन्धी विधेयकमाथि छलफल

सुदुरपश्चिम,
सुदूरपश्चिम प्रदेशसभाको आज सोमबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७’ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

छलफलमा भाग लिने प्रदेशसभाभ सदस्यले अहिलेसम्म बनेका ऐनको कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै त्यसतर्फ सदन र सरकार सचेत हुनुपर्ने बताउनुभयो । 

छलफलमा भाग लिने प्रदेशसभाभ सदस्यले अहिलेसम्म बनेका ऐनको कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै त्यसतर्फ सदन र सरकार सचेत हुनुपर्ने बताउनुभयो । 

उहाँहरुले ऐन बनेको एक वर्षभित्र यसलाई संशोधन गर्नुपर्ने अवस्था आउनुमा विधेयकको मस्यौदा बनाउँदा नै कमीकमजोरी देखिएको बताउनुभयो । छलफलमा लालबहादुर खड्का, भरतबहादुर खड्का र अक्कलबहादुर रावलले भाग लिनुभएको थियो । 

यसअघि सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका आउजीले ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभासमक्ष टेबुल गर्नुभएको थियो ।