२१ बैशाख, २०८१ शुक्रबार

03:39:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टी–ट्वान्टी लिग खेल्ने ४ वटा टिमको घोषणा

Nepal Business

२ साउन, २०७९

टी–ट्वान्टी लिग खेल्ने ४ वटा टिमको घोषणा

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ४ वटा टिमको नाम र टिम मालिकको नाम घोषणा गरेको छ । क्यानले सोमबार काठमाण्डौंमा आयोजित कार्यक्रमकाबीच फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग खेल्ने ४ वटा टिम र टिम मालिकको घोषणा गरेको हो ।

लिगमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् । कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, लुम्बिनीको टिम मालिक संजय शर्मा, विराटनगरका बिक्रम यादव र जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन्  ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने र  बाँकी दुई टिमको नाम र मालिक चाडै सार्वजनिक गरिने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिनुभयो । कसैले नेपाल प्रिमियर लिग नामलाई कम्पनीमा दर्ता गरेर कब्जा गरेपनि लिगको आयोजना गर्ने अधिकार नभएको उहाँको भनाई छ ।

नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण आगामी असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि मान्यता दिएको छ ।