७ मंसिर, २०८१ शुक्रबार
09:15:08 PM
२ साउन, २०७९
काठमाण्डौं । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन छैन । नेपाल आयल निगमले भारतबाट मूल्य घटेर आए पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार राति आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएको छ ।
तर आयल निगमले मूल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले मूल्य वृद्धि भएको भन्दै आएको आयल निगमले भारतबाट मूल्य घटेर आए पनि घटाउने नदेखिएको छ । मूल्य घटेर आउदा पनि अझै निगमलाई प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ १९ पैसा घाटा रहेको निगमले जनाएको छ ।
आयल निगमका अनुसार प्रतिलिटर डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा, हवाई इनधनमा केहि नाफा तथा एल.पी.ग्यासमा ५८२ रुपैयाँ ४२ पैसा घाटा रहेको छ ।
आयल निगमले हिजो आइतबार जारी गरेको विज्ञप्ती अनुसार अझै मासिक ४ अर्ब ३२ करोडको घाटा हुने देखिएको छ । पेट्रोलियम पदार्थ बापत भुक्तानी गर्नुपर्ने बक्यौता रकमलाई घटाउन सरकारले निगमलाई ७ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।