७ मंसिर, २०८१ शुक्रबार

12:26:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले सेयर बजारमा बढ्दा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ साउन, २०७९

दोहोरो अंकले सेयर बजारमा बढ्दा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको बढेको छ । अघिल्लो कारोबारको दिन आइतबार झिनो अंकले बढेको नेप्से परिसूचक आज (सोमबार) १८.०३ अंकले बढेर २ हजार २९.४३ विन्दुमा पुगेर बन्द भएको े छ ।

यस दिन २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा १ अर्व ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । सोमबार एक अर्बमाथिको कारोबार हुँदा शिवम् सिमेन्ट्को सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन ९ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यस्तै, सोमबार एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख, अपि पावरको ५ करोड ८९ लाख, अपर तामाकोशीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।