७ मंसिर, २०८१ शुक्रबार

12:27:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, १८.०३ अंकले बढ्यो

Nepal Business

२ साउन, २०७९

सोमबार १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँको कारोबार

सेयर बजारमा हरियाली, १८.०३ अंकले बढ्यो

काठमाण्डौं । चालु आर्थिक वर्षको दोस्रो दिन सोमबार पनि सेयर बजार बढेको छ । पहिलो दिन आइतबार छिनो अंकले बढेको सेयर बजार आज १८.०३ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १८.०३ अंकले बढेर नेप्से परिसूचक २ हजार २९.४३ विन्दुमा पुगेर बन्द भएको नेप्सेले जनाएको छ । 

चालु आर्थिक वर्षको सुरुवात हुँदा सेयर बजार सकरात्मक देखिएको छ । 

सेयर बजार बढ्दा कारोबार भने बढेको छैन । आज १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँको कारोबार भएको छ भने ३१ लख ४२ हजार ४०२ कित्ता सेयर किनबेच भएको छन् । 

यस्तै उपसमुहहरुमा टे«डिङ र म्युचल फण्ड बाहेक सबै बढेका छन् । कम्पनीतर्फ वरुण हाइड्रोपावर ९.९८ प्रतिशत, इमर्जिङ नेपाल ९.६२ प्रतिशत, र चन्द्रागिरी हिल्स ६.०९६ प्रतिशतले बढेको छ ।